बगर भाइखलकको अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल माघकाे अन्तिम साता
पाेखरा | पुस १९, २०८०
तस्बिर फाइल
पोखरा: पोखरामा हुने अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता माघ अन्तिम साता हुने भएको छ । बगर भाइ खलकको आयोजनामा पोखरा टुँडिखेलको खेलमैदानमा १३ औं संस्करणको बगर भाइ खलक तथा दोस्रो हिमालयन ब्रअरी अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगिताको मुख्य संयोजकमा इश्वर गुरुङ रहेका छन् । प्रतियोगिताका तयारीका लागि विभिन्न १३ वटा उपसमितिहरु बनाइएको अध्यक्ष दिलबहादुर गुरुङले जानकारी दिएका छन् ।

उनका अनुसार तीन वटा उमेर समुह ४० वर्षमाथि, ५० वर्ष माथि र ६० वर्षमाथि खेलाडीहरु बिच प्रतियोगिता हुनेछ ।
४० वर्षमाथि उमेर समुहको विजेताले दुई लाख रुपैयाँ र उपविजेताले एकलाई रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिड्फिल्डर, फरवार्ड र प्रशिक्षकले समान पाँच/पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
५० वर्षमाथि उमेर समुहको विजेताले नगद एक लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । ६० वर्ष माथि उमेर समुहका विजेताले ५० हजार रुपैयाँ तथा उपविजेताले ३० हजार रुपैयाँ प्रप्त गर्नेछन् ।
प्रतियोगिताको मुख्य प्रायोजकमा हिमालयन ब्रुअरी रहेको छ भने सह–प्रायोजकमा प्रदेष खेलकुद परिषद गण्डकी, बगर भाइखलक युके र पोखरा महानगरपालिका रहेको छ ।
विशेष सहयोगी संस्थामा सहारा युके, पोमनपा वडा न १ को कार्यालय, कृषि बिकास बैंक र सफल दुध रहेका छन् ।
माघ २१ देखि माघ २७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्रतियोगितामा युके, देहरादुन, कलकत्ता, काठ्मान्डौ, ललितपुर, हेटौडा , नवलपरासी, बुटवल, सिमरा, वीरगंज, चितवन, पोखरा लगायत विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय गरि करिब ३० टिमको सहभागिता रहने आयोजकको अनुमान रहेको छ।
काठमाडौं: विस्फोटक पदार्थ सम्बन्धी मुद्दामा पक्राउ परेका राजकुमार तामाङ (देवराज लामा) लाई श्रम संस्कृति पार्टीले निलम्बन गरेको छ । अनुसन्धानमा कुनै किसिमको प्रभाव र दबाब नपरोस् भन्नका ला...
पोखरा: होटल संघ पोखरा नेपालको ४३ औं वार्षिक साधारणसभा मंगलबार पोखरामा सम्पन्न भएको छ । संघका संस्थापक अध्यक्ष हरिध्वज तुलाचनले साधारणसभाको उद्घाटन गरेका थिए । कार्यक्रमम...
काठमाडौँ: नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि लामो प्रतिक्षापछि मतदान प्रक्रिया सुरु भएको छ । अध्यक्ष पदका प्रत्यासीहरू केपी शर्मा ओली र ईश्वर...

